दफा १९
छुट गुठीको हक दायित्व संस्थानमा सर्ने
सबै छुट गुठी राजगुठीमा परिणत भई त्यस्तो छुट गुठीको चल अचल जायजेथा, देवमूर्ति समेत उपर छुट गुठीको भइराखेको सबै अधिकार संस्थानमा सर्नेछ र त्यस्ता छुट गुठीका गुठियार खान्गीदारको सबै हक अधिकार समाप्त हुनेछ ।